'कोरोनालाई जित्न कडा अनुशासनको पालना गर्नपर्छ' • Image Khabar Image Khabar


‘कोरोनालाई जित्न कडा अनुशासनको पालना गर्नपर्छ’


Imagekhabar
१ मंसिर २०७७, सोमबार १९:५१

'कोरोनालाई जित्न कडा अनुशासनको पालना गर्नपर्छ'

काठमाडौं, मंसिर १ । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाविरुद्धको लडाई जित्न कडा अनुशासनको पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

शंखधर शाख्वाको शालिकमा माल्र्यापणपछि आयोजना भएको कार्यक्रममा मन्त्री श्रेष्ठले कडा अनुशासनका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।

कोरोना कहरका कारण नजिकबाट कुरा गर्न सक्ने अवस्था नभएको उल्लेख गर्दै उहाँले अनुशासित बनेर स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गर्नुभयो ।

उपत्यका मेयर फोरमका सचिव समेत रहनुभएका मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले चाडबाड मनाउन घर गएकाहरु उपत्यका फर्किने क्रम सुरु भएकाले संक्रमणको जोखिम अझ बढेको बताउनुभयो ।

उहाँले मंसिर महिनालाई अत्यन्त जोखिमयुक्त महिनाको रुपमा लिएर गम्भिरताका साथ काम गर्नुपर्ने बताउनुभयो ।

केही दिनअघि उपत्यका मेयर फोरमले सरकारलाइृ छठपछि कडा लक डाउन जारी गरी उपत्यकामा बढ्दो संक्रमणको दरलाई नियन्त्रणमा ल्याउन आग्रह गरेको थियो ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले शंखधरको सम्मानमा सरकारले रोजगारीमुलक र विकासका कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्