रमाइलो तिहार गीत लिएर आए पत्रकार सुनिल कोइराला (भिडियो) • Image Khabar Image Khabar


रमाइलो तिहार गीत लिएर आए पत्रकार सुनिल कोइराला (भिडियो)


Imagekhabar
२९ कार्तिक २०७७, शनिबार ०८:१५

रमाइलो तिहार गीत लिएर आए पत्रकार सुनिल कोइराला (भिडियो)

काठमाडौं । पत्रकार तथा गीतकार सुनिल कोइरालाको तिहार गीत सार्बजनिक गरेका छन् ।

लामो समय पत्रकारिता पेशामा आबद्ध रहेका कोइराला पछिल्लो समय गीतसंगीतको क्षेत्रमा समेत सक्रिय रहेका कोइरालाले तिहार गीत सार्बजनिक गरेका हुन् ।

प्रज्ञाश्वरी रेकर्डिङ्गको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिकगरिएको भिडियो नेपालको काठमाडौं र भारतको सिलगुरी गरी दुई ठाउँमा छायाँकन गरिएको छ ।

६ वर्ष अगाडि नै रेकर्ड गरिएको गीतलाई यो वर्षमात्र भिडियो निर्माण गरिएको संगीतकार किरण कँडेलले बताए ।

तिहारमा बज्ने एउटै प्रकृतिको गीतभन्दा भिन्न प्रकारको गीत निर्माण गर्न उत्प्रेरित भई यो गीतको श्रृजना गरिएको गीतकार कोइरालाले बताए ।

एउटै गीतमा देउसी र भैलो मिश्रित गीत निकै कम बनेकोले यो गीतलाई फरक र मौलीक रुपमा निर्माण गर्न कोसिस गरिएको छ ।

गीतमा किरण कँडेल, सुरज कुमार थापा, निकिता थापा, अनुष्का पाठकको स्वर रहेको छ भने भिडियोको निर्देशन शिवु श्रेष्ठले गरेका छन् ।

गीतकार कोइरालाले यसअघि रचना गरेका राष्टिय गीत र आधुनिक गीतले लोकप्रियता कमाईसकेका छन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्