
तस्वीर : प्रदीपराज वन्त/रासस
काठमाडौं, कात्तिक २५ । यो वर्षको २६ औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
हिडन ट्रेजर मिस नेपाल–२०२० ले मंगलबार राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो ।
प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् ।
प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस्