
काठमाडौं, जेठ ३० । सन् २०२६ को विश्वकप फुटबलको आयोजना उत्तर अमेरिकाले गर्ने भएको छ ।
सो विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरुपमा गर्ने भएका हुन् ।
रुसको मस्कोमा बुधबार बसेको फिफाको ६८औं कंग्रेसमा भएको मतदानमा तीन राष्ट्रले १३४ मत ल्याउँदा मोरक्कोले ६५ मतमात्र ल्याएको थियो ।
मेक्सिकोले सन् १९८६ मा विश्वकप आयोजना गरिसकेको छ भने अमेरिकाले सन् १९९४ मा आयोजना गरेको थियो । तर, क्यानडाले पहिलोपटक विश्वकप आयोजना गर्ने भएको हो ।
सन् २०२२ को विश्वकप भने कतारले आयोजना गर्दैछ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्