लोकसाहित्य परिषद्लाई सहयोग • Image Khabar Image Khabar


लोकसाहित्य परिषद्लाई सहयोग


इमेजखबर
१५ कार्तिक २०७७, शनिबार १७:२१

लोकसाहित्य परिषद्लाई सहयोग

काठमाडौं, कात्तिक १५ । वर्ल्ड नेवाः अर्गनाइजेसन (हलिं नेवाः दबू)ले लोकसाहित्य परिषद्लाई १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

विश्वमा जहाँ रहेपनि हामी नेवार भन्ने भावना राखी विश्वभर छरिएर रहेका नेवारहरुको साझा संस्था दबूको प्रयासमा नेवार भाषा, कला, संस्कृति र पहिचानलाई टेवा दिने उद्देश्यले संकलन गरिएको सहयोग रकम प्रदान गरेको हो ।

नेवार लोकसाहित्यको संरक्षण र प्रवर्द्धनका लागि स्थापना गरिएको लोकसाहित्य परिषद्को भवन निर्माणका लागि सहयोग गर्नका लागि परिषद्का संरक्षक वाङ्मय शताब्दीपुरुष डा. सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चेक हस्तान्तरण गरिएको हो ।

विभिन्न देशमा रहेका नेवारहरुले सहयोगस्वरुप उपलब्ध गराएको १२ हजार अमेरिकी डलर बराबरको नेपाली रकम १४ लाख पाँच हजार र २०० रुपैयाँको चेक दबूका नेपाः च्याप्टरका अध्यक्ष शाक्य सुरेन र कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले परिषद्का उपाध्यक्ष तुलसीलाल सिंहलाई प्रदान गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्