‘जमाना मभिं स्व’मा युवतीलाई जमाना हाम्रै हो भनेर बुझाउने युवकको कथा • Image Khabar Image Khabar


‘जमाना मभिं स्व’मा युवतीलाई जमाना हाम्रै हो भनेर बुझाउने युवकको कथा


Imagekhabar
१५ कार्तिक २०७७, शनिबार १२:५६

‘जमाना मभिं स्व’मा युवतीलाई जमाना हाम्रै हो भनेर बुझाउने युवकको कथा

काठमाडौं । मनमा माया भएनि जमानाको नजरमा पर्ला भन्ने चिन्ता भएकी युवतीलाई जमाना हाम्रै हो भनेर बुझाउन सफल युवकको कथा बोकेको नेपालभाषाको म्यूजिक भिडियो ‘जमाना मभिं स्व’ सार्वजनिक भएको छ ।

एक समारोहकाबीच वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले उक्त म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

हाल चर्चामा रहेको यस म्यूजिक भिडियोका गायक रोविनसन कंसाकार र सुमन मानन्धर दुवै नेपालभाषाको चर्चित जन्मदिनको शुभकामना गीतको प्रतिस्पर्धाबाट चुनिएका गायक गायिका हुन् भने यो गीतको रचना सोही जन्मदिनको शुभकामना (बूदिंया भिंतुना म्ये) गीतका रचयिता एवं गायक सुरजवीर बज्राचार्य हुन् ।

संगीत एवं संगीत संयोजन वरिष्ठ संगीत निर्देशक जूगल डंगोलले गरेका छन् । गीत आर्टोम्यूज रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

हाइलाइट्स नेपालबाट सार्वजनिक भएको यस गीतको निर्देशन आराध्यलक्ष्मी खड्गीले गरेका हुन् भने अभिनयमा उनलाई अर्का चर्चित मोडल रुपेन्द्र श्रेष्ठ ‘थक्वा’ले साथ दिएका छन् ।

निर्देशक एवं कलाकार आराध्यकै कन्सेप्टमा निर्मित यस गीतको म्यूजिक भिडियोको छायाँकन, सम्पादन व रंग संयोजन सोहन मानन्धरले गरेका छन् । म्यूजिक भिडियोमा चिरिबाबु महर्जन, रमेश पौडल र राजकुमारी श्रेष्ठको पनि अभिनय रहेको छ ।

छोटो कथाभित्र बुनिएको गीतको यस म्यूजिक भिडियोका कलाकारको श्रृंगार पूजा शाही र निरु महर्जनले गरेका हुन् भने ड्रोन छायाँकन सनी शाक्यले गरेका छन् ।

गीत सार्वजनिक भए लगत्तै चर्चा कमाउन थालेपछि आफू निकै हौसिएको निर्देशक एवं कलाकार आराध्यलक्ष्मीले बताएका छन् भने गीतबाट प्राप्त प्रतिकृयाले निकै उत्साहित बनाएको गायकद्वय रोविनसन कंसाकार र सुमन मानन्धरले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्