विश्व शहर दिवस २०२० आज मनाइँदै • Image Khabar Image Khabar


विश्व शहर दिवस २०२० आज मनाइँदै


Imagekhabar
१५ कार्तिक २०७७, शनिबार ०९:०८

corona valley infection

काठमाडौं । आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ ।

शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ । यस वर्षको नारा ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ रहेको छ ।

यो वर्ष कोभिड–१९ का कारण विश्व शहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ ।

यस अवसरमा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज सबैमा शुभकामना दिँदै विकासको मुख्य आधार योजनाबद्ध शहरीकरण भएकोमा जोड दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्