Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


डोलेश्वर मन्दिरमा श्रावणी मेला सुरु


0
Shares

भक्तपुर, साउन १ । केदारनाथको शीर डोलेश्वर मन्दिरमा आजबाट श्रावणी मेला सुरु भएको छ । आज विहान भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ पौखेलको पीपलचौतारीबाट चन्द्रविनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा गरिएको थियो ।

मन्दिरमा आजदेखि सञ्चालन भएको मेला भदौ ६ गतेसम्म चल्ने केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ । समितिका अनुसार ३८ दिने मेलाका लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनको सहजताका लागि लाइनमा कुपन प्रणालीको व्यवस्थाका साथै ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानीलगायतका बन्दोबस्त मिलाएको छ । कलशयात्रापछि मन्दिर परिसरमा आयोजित एक कार्यक्रमकाबीच श्रावणी मेलाको स्वामी चुडामणि महाराजले औपचारीक रुपमा उद्घाटन गरे ।

श्रावणी मेलामा दुई करोड रुपैयाँ संकलन गर्ने लक्ष्य समितिले राखेको छ ।