७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024


किशोरीलाई एसिड धम्की बढ्दो


0
Shares

काठमाडौं । एक जोडीबीच पाँच बर्षयता चलेको गहिरो प्रेमसम्बन्ध अहिले आएर एकाएक चिसिएको छ ।

यो सम्बन्धलाई एसिड प्रहार गर्दै ‘सधैंका लागि टुंग्याइदिने’ धम्कीयुक्त सूचना यतिखेर राष्ट्रिय महिला आयोगमा परामर्श र संवादको खुराक बनेको छ ।

नक्सालस्थित प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्याकंले पनि एसिड प्रहारका घट्ना बढ्दै गएको देखाएको छ ।

पीडित हुनेमा महिलाको संख्या अधिक छ । आर्थिक बर्ष २०७१/०७२ देखि गत चैतसम्म एसिड प्रहारका १६ घटना भएका छन् ।

ती घट्नामा १३ महिला र ३ पुरुष पीडित भए । पहिलो बर्षको तथ्याकंले पीडित महिलाको संख्या ३ देखाएको छ भने चालु बर्षमा संख्या बढेर ५ पुगेको छ ।

गत बर्षका चार घटनामा दुई महिला र दुई पुरुष पीडित भए । यो बर्ष वितेका ९ महिनामा भएका पाँच घट्नामा पाँच महिला पीडित भएका छन् । -कान्तिपुर दैनिकबाट