
काठमाडौं, असार ३० । प्रतिनिधिसभाअन्तर्गत्को महिला तथा सामाजिक समितिले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ लाई संशोधनसहित पारित गरेको छ ।
सोमबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकमा विधेयकमाथि परेका संशोधनहरुमा छलफल गरी पारित गरिएको हो ।
सन्तान नभएका वा अपहेलित ज्येष्ठ नागरिकको सम्पत्तिको भोगचलन कसले गर्ने तथा परिवारको साथ, सहयोग नपाएकाहरुको जिम्मा लिने भन्ने विषयमा छलफल भएको थियो ।
समिति बैठकमा उपस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ज्येष्ठ नागरिकले आफ्नो नाममा रहेको सम्पति आफूखुसी गर्न पाउने व्यवस्था गरिएको बताइन् ।
यस्तै, परिवार र आफन्तको साथ नपाएका ज्येष्ठ नागरिकलाई अन्तिम विकल्पकारुपमा भने स्थानीय सरकारले जिम्मा लिने व्यवस्था पनि गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्