मन्त्रीले लगाए उपमेयरमाथि आरोप • Image Khabar Image Khabar


मन्त्रीले लगाए उपमेयरमाथि आरोप


इमेजखबर
४ कार्तिक २०७७, मंगलवार १४:४४

मन्त्रीले लगाए उपमेयरमाथि आरोप

काठमाडौं, कात्तिक ४ । नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले रानीपोखरी पुनःनिर्माणका क्रममा निकै अवरोध खेप्नुपरेको बताउनुभएको छ ।

कीर्तिपुरस्थित सुलक्षणकीर्ति विहार तथा बीएलआई ए नेपाल च्याप्टरले गरेको सम्मान कार्यक्रममा मन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकाकी उपमेयरले नै रानीपोखरी पुनःनिर्माणमा पटक–पटक अवरोध गरेको आरोप लगाउनुभयो ।

बिहारकी प्रमुख भिक्षुणी डा. अनुजा गुरुमा र बीएलआई ए नेपाल च्याप्टरका उपाध्यक्ष देवकाजी शाक्यले मन्त्री श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

त्यसक्रममा उहाँहरुले मन्त्री श्रेष्ठले सुलक्षण कीर्ति विहारको उत्थानमा विगतदेखि नै सहयोग गर्दै आइरहेको भन्दै आगामी दिनमा पनि सहयोगको निरन्तरताको अपेक्षा गर्नुभयो ।

उहाँहरुले मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्