२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


भेनेजुएलाका राष्ट्रपतिका छोरा काठमाडौंमा, सत्तारुढ दलका नेताहरुसँग भेट


0
Shares

काठमाडौं, असार ३० । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरला ‘गुपचुप’ काठमाडौंमा छन् । त्यहाँको राजनीति र सत्ता सञ्चालनमा शक्तिशाली उनले साथमा तीन जना मन्त्री पनि ल्याएका छन् ।

शनिबार नेपाल आइपुगेको उनीहरुको टोलीमा ११ जना छन् । चार दिन नेपाल बस्दा निकोलस अर्नेस्टोले कम्युनिस्ट नेताहरुसँग भेटघाट गर्नेछन् । त्यसक्रममा आइतबार नेकपा नेता बामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग भेटिसकेका छन् ।

सत्तारुढ दल नेकपाको युवा संगठनको निम्तोमा उक्त टोली काठमाडौं आएको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट