Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


कर्मचारी अवकाशको उमेर ५८ बाट ६० वर्ष पुर्‍याउन सुझाव


0
Shares

काठमाडौं । संसदको राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई नयाँ व्यवस्था अनुसार कर्मचारी अवकाशको उमेर कति वर्षमा पुर्याउने भन्नेबारे गृहकार्य गर्न निर्देशन दिएको छ ।

संघीय निजामति कर्मचारी सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आज सिंहदरवारमा भएको छलफलमा समितिले वैज्ञानिक तथ्य सहित यसबारे टुङ्गोमा पुग्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरुालाले पुरानो व्यवस्था अनुसार निजामति कर्मचारीको अवकाशको उमेर ५८ वर्ष रहेको भन्दै जनशक्ति तयार पार्न राज्यको धेरै लगानी हुने भएकाले अवकाशको उमेरको विषयमा ठोस निर्णयमा पुग्न गृहकार्य गरिरहेको जानकारी गराए ।

बैठकमा सांसद दिलेन्द्रप्रसाद वडु र पम्फा भुषालले अवकाशको उमेर ५८ बाट ६० वर्ष पुर्‍याउनुपर्ने सुझाव दिए ।

समितिका अरु सदस्यहरुले नयाँ व्यवस्थामा अवकाश प्राप्त निजामति कर्मचारीहरुलाई एकमुष्ठ पेन्सनको व्यवस्था हुनुपर्नेमा समितिको ध्यानाकर्षण गराएका थिए ।