Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


विद्युत् चुहिएर एकको मृत्यु, एक घाइते


0
Shares

दमक । विद्युत् चुहिएर झापाको कमल गाँउपालिकामा गए राति एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार यसरी मृत्यु हुनेमा कमल गाँउपालिका–३ बस्ने ५५ वर्षीय प्रेम खतिवडा रहेका छन् भने विद्युत् चुहिएरै मुगु घर भई प्राधिकरणमा कार्यरत ४९ वर्षीय हिक्मत बुढा गम्भीर घाइते भएका छन् ।

दुवै नेपाल विद्युत् प्राधिकरण दमक वितरण केन्द्रका प्राविधिक रहेको बताइएको छ ।

गए राति साँझ ८ बजेतिर कमल गाउँपालिका–५ स्थित कावेली करिडोर पावरहाउसको सवस्टेशन अगाडि राजमार्गको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक विद्युत् चुहिँदा दुवै घाइते भएका र खतिवडाको भने दमकस्थित लाइफलाइन अस्पतालमा ल्याउना साथ मृत्यु भएको प्रहरी निरीक्षक एक्तेनले बताए ।

घाइते बुढालाई थप उपचारका लागि भारतको सिलगुढी लगिएको छ ।

घटनाको विस्तृत विवरण खुल्न सकेको छैन भने प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरिरहेको जनाएको छ ।रासस