Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


बनेपामा एकैदिन दुईजनाले गरे ‘आत्महत्या’


0
Shares

काभ्रे, असोज १४ । काभ्रेको बनेपामा दुईजनाले झुन्डिएर ‘आत्महत्या’ गरेका छन् ।

इलाका प्रहरी कार्यालय बनेपाकाअनुसार बनेपा नगरपालिका–११ का ५५ वर्षीय खोलप्रसाद दाहाल र बनेपा–८ का ३५ वर्षीय मञ्जिल पोटेले बुधबार आत्महत्या गरेका हुन् ।

दाहालले बनेपा–६ को चण्डेश्वरी जंगलमा काफलको रुखमा जुटको डोरी पासो लगाएर तथा पोटेले कोठाको पंखामा खादाको पासो लगाइ आत्महत्या गरेका इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Skip This