
काठमाडौं । दुई बर्ष अघि बजारमा आएको गायक प्रमोदराज न्यौपानेको गीत ‘भेट भयो तिमीसँग’ बोलको गीतको भिडियो तयार भएको छ ।
दुई बर्ष अघि सार्वजनिक एल्बम ‘मेरो घरको छानो’ मा संग्रहित ‘भेट भयो तिमी सँग..’ बोलको रोमान्टिक मेलोडियस गीतको भिडियो बनेको हो ।
आधुनिक र गजलको मिश्रित शैलीमा बनेको यस् गीत मा गायक प्रमोदराजसँग गायिका निशा देसारले माइक सेयर गरेकी छिन ।
गीतमा युरानको शब्द रचनामा सागर किनारले संगीत भरेका छन भने संगीत संयोजन राजन इशानको रहेको छ ।
बिगत ९ बर्ष देखि बेलायत बस्दै आएका गायक प्रमोदराजको गत बर्ष सार्बजिक पप शैलीको गीत ‘रहे सम्म’ पछी बेलायत मै छायांकन भएको यो दोस्रो भिडियो हो ।
त्यस अघी उनले नेपालमा बनेको भुसण दाहाल निर्देशित भिडियो बजारमा ल्याएका थिए ।
भिडियोमा नेपालकै झझल्को दिने युकेको पहाडी क्षेत्र वेल्सका सुन्दर दृश्यहरुमा मनोज मेहता र रोशना कार्कीको रोमान्स देख्न सकिने छ ।
रोशनाले यस अघी ‘रहे सम्म’ बाट म्युजिक भिडिओमा डेब्यु गरेकी थिइन भने लन्डनमा एक सफल ब्यबसायीको परिचय बनाएका मनोजको भने यो पहिलो भिडियो हो ।
प्रभु गुरुङको कोरिओग्राफीमा लन्डनमा तयार भएको यस् भिडियो को छायांकन, सम्पादन र निर्देशन कुशल श्रेष्ठले गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्