बलिउड अभिनेत्री कंगना फेरि विवादमा • Image Khabar Image Khabar


बलिउड अभिनेत्री कंगना फेरि विवादमा


Imagekhabar
११ आश्विन २०७७, आईतवार १६:२३

बलिउड अभिनेत्री कंगना फेरि विवादमा

काठमाडौं । आन्दोलनमा उत्रिएका किसानलाई ‘आतंककारी’को उपमा दिएका कारण बलिउड अभिनेत्री कंगना रनावत विवादमा तानिएकी छिन ।

उनीविरुद्ध किसानहरुले अदालतमा मुद्दा दायर गरेका छन् । केहीसाता अघि आफ्नो मुम्बईको अफिस गुमाएकी कंगना फेरि विवादमा आएकी हुन ।

किसानले गरेको आन्दोलनविरुद्ध अभिनेत्री कंगनाले ट्वीट गर्दै विरोध जनाएको भन्दै कर्नाटकका किसानहरुले उनीविरुद्ध त्यहाँको तुमकुर जेएमएफसी अदालतमा मुद्दा दायर गरेका हुन ।

कृषिसम्बन्धी विधेयक पारित गराउनका लागि आन्दोलनमा उत्रिएका किसानलाई आतंककारीको उपमा दिएपछि कगंनाविरुद्ध किसानहरु आक्रोशित बनेका छन् ।

किसानहरुले पाँच वटा फरकफरक धाराको आधारमा कंगनाविरुद्ध मुद्दा दायर गरेका हुन् ।

नयाँ विधेयकको पक्षमा सडकमा माग उठाउँदा कंगनाले कसैको इसारामा आफूहरुलाई कमजोर तुल्याउन खोजेको किसानको भनाइ छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्