कात्तिक लागेपछि मात्र दसैंको टिकट बुकिङ सुरु हुने • Image Khabar Image Khabar


कात्तिक लागेपछि मात्र दसैंको टिकट बुकिङ सुरु हुने


Imagekhabar
१० आश्विन २०७७, शनिबार ०९:३४

कात्तिक लागेपछि मात्र दसैंको टिकट बुकिङ सुरु हुने

काठमाडौं । यातायात व्यवसायीले कात्तिक लागेपछि मात्र लामो तथा मध्यम दूरीका लागि दसैंको टिकट बुकिङ सुरु गर्ने भएका छन् ।

कोरोनाका कारण लामो समय बन्द रहेका कारण अधिकांश मानिसले काठमाडौं छोडिसकेकाले अहिले नै हतार गर्नु नपर्ने व्यवसायीहरुले जनाएका छन् ।

शिक्षण संस्थाहरु समेत बन्द रहेको अवस्थामा विद्यार्थी तथा यात्रुको चाप अघिल्ला वर्षहरुमा जस्तो नहुने भन्दै ढिलोगरी टिकट बुकिङ खुलाएपनि सम्भव हुने नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ ।

दसैंका लागि भने पूर्ण सिट क्षमतामा बस संचालन गर्न पाउनुपर्ने व्यवसायीहरुको माग छ ।

आधा क्षमतामा मात्र सवारीसाधन सञ्चालन गर्दा यात्रुको चाप बढ्ने भन्दै महासंघले पूर्ण सिट क्षमतामै बस सञ्चालन गर्न पाउनुपर्ने बताउँदै आएको छ ।

व्यवसायीहरुले सरकारले हवाई उडानलाई पूर्ण सिट क्षमतामा संचालन गर्न दिएपछि बसलाई रोक्नु न्यायसंगत नभएको जनाएको छ ।

चाडपर्वमा सार्वजनिक यातायात सञ्चालनका लागि यातायात व्यवस्था विभागले भोलीका लागि बैठक बोलाएको छ ।

अग्रिम टिकट बुकिङ, कोरोना महामारीबाट सुरक्षित हुन अपनाइने मापदण्डलगायतका बारेमा छलफल गर्ने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्