द भाइब्ज ब्यान्डले ल्यायो नयाँ भर्सनमा 'कुनै जादु' • Image Khabar Image Khabar


द भाइब्ज ब्यान्डले ल्यायो नयाँ भर्सनमा ‘कुनै जादु’


Imagekhabar
२६ भाद्र २०७७, शुक्रबार १४:१५

द भाइब्ज ब्यान्डले ल्यायो नयाँ भर्सनमा 'कुनै जादु'

काठमाडौं । नेप्लिज अमेरिकन रक पप ब्यान्ड द भाइब्ज ब्यान्डले कुनै जादु बोलको गीत अनप्लग्ड भर्सनमा युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

ब्यान्डका भोकलिस्ट प्रइन सिंहले पियानोसँग गाएको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । यो गीत २० वर्षअघि नै द भाइब्ज ब्यान्डले बजारमा ल्याएको थियो ।

यसको रचना अर्चना श्रेष्ठले गर्नुभएको थियो भने संगीत प्रइनकै थियो । यसलाई अहिले नयाँ भर्सनमा सार्वजनिक गरिएको छ ।

यो गीत ब्यान्डका भोकलिस्ट प्रइनको पहिलो कम्पोजिसन हो । प्रइन माइक्रोसफ्टमा हटमेल इन्जियिनरका रूपमा कार्यरत छन्।

द भाइब्ज ब्यान्ड अमेरिकामा रहेका उत्साहित सांगीतिक युवाहरूले स्थापना गरेको ब्यान्ड हो । यो ब्यान्डमा कामना न्युज पब्लिकेसन्स्का सीईओ दिरेकलाल श्रेष्ठ, प्रइन र उद्यमी रुपक लामा छन् ।

ब्यान्डले नेपाली रक गीतलाई समावेश गरेर पहिलोपटक सन् २००९ मा द भाइब्ज जेनेरेसनको नाममा गीति अडियो एल्बम सार्वजनिक गरेको थियो।

पहिलो एल्बम ल्याएलगत्तै ब्यान्डले सन् २००९ को हिट्स एफएम अवार्ड र इमेज अवार्ड पाएको थियो । ब्यान्डले सन् २०१३ मा दोस्रो एल्बम को हुँ म बजारमा ल्याएको थियो ।

ब्यान्डले खै के भो, थाकिसकें, त्यही पल, आमा, फसें म र हाम्रो तारा जस्ता कर्णप्रिय गीत बजारमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्