
काठमाडौं, असार ३२ । सोसल कमर्श प्लेटफर्म सगुनले आफ्नो तर्फबाट गरिने सामाजिक कामको लागि सगुन फाउण्डेशन स्थापना गरेको घोषणा गरेको छ ।
सगुनका संस्थापक गोविन्द गिरीले एक कार्यक्रमकाबीच सगुन फाउण्डेशन स्थापना गरेको घोषणा गरेका हुन् ।
सगुन फाउण्डशेन स्थापना बारेमा जानकारी दिदै गिरीले सामाजिक अभियान र कामहरुमा जोडिने कार्यका लागि अब सगुन फाउण्डेशन क्रियाशिल हुने बताए ।
स्थापनासँगै सगुन फाउण्डेशनलाई सगुन कर्पोरेशनले १० लाख अमेरिकी डलर बराबरको स्वामित्व शेयर समेत छुट्टयाएको छ ।
सगुन आइपिओमा गएपछि शेयर मार्केटमा विक्री गरि त्यसको प्रतिफल सगुन फाउण्डेशनले सामाजिक काममा लगाउन सक्ने गिरीले बताए ।
आगामी दिनमा सगुनको विकाससँगै सगुन फाउण्डेशनलाई सहयोग गर्ने धनराशी पनि बढाउँदै जाने गिरीले प्रतिवद्धता व्यक्त गरे ।
अमेरिकी सरकारको कानुन अन्तर्गत रही सगुन फाउण्डेशन सामाजिक काममा क्रियाशिल हुने छ ।
संसारभर छरिएर रहेका नेपाली समुदाय तथा सगुनसँग नजिक रहेका समुदायलाई लक्षित गरि फाउण्डेशनले काम शुरु गर्नेछ ।
स्वास्थ्य, शिक्षा, रोजगार सिर्जना, समुदायको विकास, उद्यमिशलता विकास, प्राकृतिक विपत्तीका बेलामा सहयोग लगायतका क्षेत्रमा फाउण्डेशनले काम गर्ने सगुनले जनाएको छ ।
नेपालीहरुले शुरु गरेको सगुनको सोच र उदेश्यलाई समुदायले स्विकारेकोमा धन्यवाद दिदै गिरीले समुदायलाई पनि सगुनले गुन लगाउँदै जाने विश्वास दिलाए ।
समुदायसँग जोडिने सगुनको प्रयास समुदायको सहयोगमै सफल हुने भएकोले नेपाली समुदायसँग हातेमाले गरेर जान आफूहरुलाई खुसी मिल्ने गिरीले बताए ।
सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले सगुन फाउण्डेशनको स्थापनाले आगामी दिनमा संसारभरका नेपाली समुदाय लाभान्वित हुने बताए ।
सगुनको विस्तार हुँदै जाँदा कम्पनीको तर्फबाट सामाजिक उत्तरदायित्व निर्वाह गर्दै जाने कामलाई फाउण्डेशनले सहयोग गर्ने सिटौलाले बताए ।
स्टार्ट अप कम्पनीको शुरुवाती चरणमै फाउण्डेशन खोली स्वामित्व शेयर हस्तान्तरण गर्ने विरलै कम्पनीहरुमा सगुन रहेको सिटौलाले बताए ।
विश्व बैङकमा काम गर्ने नेपाली अर्थशास्त्री प्रेम संग्रौलाले सगुनको विकास र विस्तार हुँदै जाँदा समुदायलाई समेत लाभान्वित गर्नेगरि फाउण्डेशन शुरु भएकोमा खुसी व्यक्त गर्दै बधाई र शुभकामना दिए ।
सगुनले अहिले मिनिआइपिओ मार्फत अन्तिम चरणको लगानी जुटाइरहेको छ ।
मिनि आइपिओको यो तेस्रो तथा अन्तिम चरणमा जुलाई २६ तारिखसम्म लगानी गर्न योग्य लगानीकर्ताले बिश्वभरीबाट लगानी गर्न सक्नेछन् ।
हालसम्म बिश्वभरीबाट ३५ सय भन्दा बढी लगानीकर्ताहरुबाट ५ मिलियन भन्दा बढी लगानी जुटाइसकेको छ ।
सगुनको आधिकारिक पेज www.sagoon.com/invest मा गएर लगानी सम्बन्धी सबै जानकारी लिन सकिने छ ।
बिश्वका अधिकाशं देशहरुबाट लगानी गर्न सकिए पनि नेपाल भित्रबाट भने लागनी गर्न सकिदैन तर बिदेशमा बस्ने बैक खाता भएका नेपालीहरुले भने लगानी गर्न सक्ने जनाइको छ ।
यो अन्तिम चरण भएको कारण यस भन्दा पछाडि मिनीआइपिओमा यसरी नै लगानीको अवसर नआउने समेत सगुनले जनाएको छ ।
त्यसैगरी हालै सगुनमा भारतको प्रतिष्ठित समाचारपत्र हिन्दुस्तान टाइम्स ग्रुपले ५० लाख अमेरिकी डलर लगानी गरेको छ ।
भारतमा समेत कार्यालय राखेर सगुनले काम गर्दै आएको छ ।
अमेरिका र नेपालमा पनि सगनुको कार्यालय रहेको छ । सोसल कमर्श प्लेटफर्म सगुनसँग अहिले २५ लाखको हाराहारीमा प्रयोगकर्ता रहेका छन् ।
एन्ड्रोइड एप्स सार्वजनिक भएयता सगुनको प्रयोगकर्ता बढ्ने क्रम बढ्दो रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्