Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


सत्यमोहन जोशीलाई भक्तपुरमा नागरिक अभिनन्दन (५ तस्वीर)


0
Shares

जयराम बास्तोला (इमेज)

भक्तपुर, असार ६ । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीलाई भक्तपुरमा नागरिक अभिनन्दन गरिएको छ ।

शुक्रबार सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समितिले जोशीलाई भक्तपुर नगरपरिक्रमा गराएर अभिनन्दन गरेको हो ।

संस्कृतिविद् जोशीलाई नेवारी परम्पराअनुसार सगुन खुवाएर, दोसल्ला ओढाउनुका साथै अभिनन्दनपत्र अर्पण गरिएको थियो ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्बर्द्धन र विकासमा लागिपरेका हुनाले योगदानको कदरस्वरुप उनलाई सम्मान गरिएको समितिले जनाएको छ ।

संघीय सांसद महेश बस्नेत, प्रदेश सांसदहरु डा. राजेन्द्रमान श्रेष्ट, रजनी जोन्छे, जिसस भक्तपुरका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, चागुँनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठलगायतले उनलाई सम्मान गरेका थिए ।

जोशी वि.सं. १९७७ साल वैशाख ३० गते बखुम्बहाल, ललितपुरमा जन्मेका हुन् ।