सत्तारुढ नेकपाले अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने - Image Khabar
Everest Bank

सत्तारुढ नेकपाले अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने

काठमाडौं, असार ५ । सत्तारुढ दल नेकपाले पार्टी एकताको १३ महिनापछि अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मात्र भएको छलफलमा राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने समझदारी जुटेको दाहाल निकट स्रोतले बतायो ।

प्रतिवेदन नआउँदा नेकपाको राजनीतिक कार्यदिशाबारे नेताबीच असमझदारी देखिएको छ । नेकपाले पार्टी एकतापछि अन्तरिमकालका लागि ‘जनताको जनवाद’ लाई कार्यनीति बनाउने निर्णय गरेको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्