धरानमा निषेधाज्ञा लम्बियो • Image Khabar Image Khabar


धरानमा निषेधाज्ञा लम्बियो


Imagekhabar
१० भाद्र २०७७, बुधबार १७:३६

धरानमा निषेधाज्ञा लम्बियो

धरान, भदौ १० । सुनसरीको धरान उपमहानगरपालिकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थपिएको छ ।

बुधबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले संक्रमणको जोखिम बढेको भन्दै निषेधाज्ञाको समय थप गरिएको मेयर तिलक राईले जानकारी दिनुभयो ।

संक्रमण समुदायमा फैलिए पछि गत साउन २२ गतेदेखि निषेधाज्ञा लागु गरिएको धरानमा तीन जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्