
काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले दिएको उजुरीका कारण महाराष्ट्रका शशिकान्त गुलाब जाधवलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।
सामाजिक सञ्जालमा जवाभावी लेखेको भन्दै ७ अगष्टमा मुम्बईको क्राइम ब्रान्चमा जाधवविरुद्ध सोनाक्षीले उजुरी दिएकी थिइन् ।
सामाजिक सञ्जालबाट महिलामाथि हुने हिंसाविरुद्ध उनले एउटा भिडियो बनाएर सार्वजनिक गरेकी थिइन् । साइबर पुलिङसम्बन्धी भिडियोलाई धेरैले रुचाए पनि केहीले टिप्पणी गरेका थिए ।
जाधवले अभिनेत्री सोनाक्षीको भिडियोलाई गलत तरिकाले प्रचार गरी उनीमाथि सामाजिक सञ्जालमा विभिन्न आपत्तिजनक शब्दहरू प्रयोग गरेका थिए ।
महाराष्ट्रको औरंगावादबाट पक्राउ परेका जाधवलाई प्रहरीले साइबर क्राइमअन्तर्गत मुद्दा चलाउने बताएको छ ।
पक्राउपछि जाधवजस्ता समाजमा अझै धेरै ब्यक्तिहरुलाई जेल हाल्नुपर्ने सोनाक्षीको भनाइ छ ।
सोनाक्षीले भारतमा करोडौं महिला साइबर पुलिङको सिकार भएका कारण आफू साइबर पुलिङविरुद्ध उत्रिएको उनले बताउँदै आएकी छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्