सुनको मूल्यमा कमी • Image Khabar Image Khabar


सुनको मूल्यमा कमी


Imagekhabar
७ भाद्र २०७७, आईतवार १४:२८

सुनको मूल्यमा कमी

काठमाडौं, भदौ ७ । स्थानीय बजारमा आइतबार सुनको मूल्यमा सामान्य कमी आएको छ ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले घटेर ९८ हजार ४ सय कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार ९८ हजार ८०० कायम थियो ।

यस दिन चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ ।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १ हजार ३४५ कायम भएको महासङ्घले जनाएको छ ।

कोभिड र उपत्यका लगायत मुलुकका धेरै भागमा जारी निशेधाज्ञाका कारण कारोबार भने शून्य जस्तै रहेको व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्