एउटै हातको सहारामा पत्रकारिता • Image Khabar Image Khabar


एउटै हातको सहारामा पत्रकारिता


Imagekhabar
६ भाद्र २०७७, शनिबार १८:०२

एउटै हातको सहारामा पत्रकारिता

इलाम, भदौ ६ । इलामका सक्रिय पत्रकार भगीरथ भण्डारी एउटै हातको सहारामा पत्रकारिता गरिरहनुभएको छ ।

उहाँले एउटै हातको भरमा समाचार लेख्ने, क्यामेरा चलाउने, सम्पादन गर्नेलगायतका काम गरिरहनुभएको हो ।

उहाँ इलाममा अरु पत्रकारभन्दा बढी सक्रिय हुनुहुन्छ ।

आठ वर्षअगाडि ११ हजार भोल्टेजको करेन्टमा परेर मुस्किलले बाँच्नुभएका उहाँको कर्म अहिले समाजमा सूचना प्रवाह गर्ने छ ।

एउटा हातबाट पौरख गरेको देख्दा दुवै हातखुट्टा हुनेहरु उहाँको काम देखेर दंग पर्ने गरेका छन् । उहाँ इच्छा भए गर्नका लागि केहीले रोक्दैन भन्ने सबैको उदाहरण बन्नुभएको छ ।

पटक–पटक दुर्घटनामा पर्नुभएका उहाँले सक्रिय पत्रकारिता गर्न भने छाड्नुभएको छैन ।

एउटै हातको भरमा टाइप गर्नुहुन्छ, पत्रिकाको डिजाइन गर्नुहुन्छ र आफैं पत्रिका बजारसम्म पनि पुर्‍याउनुहुन्छ ।

उहाँ अहिलेपनि स्थानीय पत्रिका र राष्ट्रियस्तका पत्रिका र टेलिभिजनमा आफ्नो कर्म गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्