Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


यार्सागुम्बा संकलन गर्न गएका आमा–छोरीमाथि आक्रमण, उपचारका लागि काठमाडौं पठाइयो


0
Shares

दाङ, असार २ । रुकुम पूर्वको मैकोटमा यार्सागुम्बा संकलन गर्न गएका आमा–छोरीमाथि आक्रमण भएको छ ।

यार्सा संकलन गरेर घर फर्कंदै गरेका ३८ वर्षीया जुनकुमारी पुन र १४ वर्षीया छोरी रश्मीमाथि हिजो साँझ अज्ञात समूहले धारिलो हतियार प्रयोग गरेर आक्रमण गरेको हो ।

उनीहरुको हेलिकोप्टरबाट उद्धार गरिएको छ । प्रतिनिधिसभा सदस्य कमला रोका र पूर्वआपूर्तिमन्त्री गणेशमान पुनको विशेष पहलमा नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरुको उद्धार गरिएको हो ।

स्थानीयस्तरमा उपचार सम्भव नभएपछि उनीहरुलाई हेलिकोप्टरबाटै थप उपचारका लागि शिक्षण अस्पताल काठमाडौंमा पठाइएको छ ।