सिदार्थ राजमार्ग अवरुद्ध, ५० मिटरजति सडक पहिरोले पुर्‍यो • Image Khabar Image Khabar


सिदार्थ राजमार्ग अवरुद्ध, ५० मिटरजति सडक पहिरोले पुर्‍यो


Imagekhabar
२९ श्रावण २०७७, बिहीबार ११:२७

सिदार्थ राजमार्ग अवरुद्ध, ५० मिटरजति सडक पहिरोले पुर्‍यो

स्याङ्जा । भीरकोट नगरपालिका स्थित हेलु बजारमा पहिरो जाँदा सिदार्थ राजमार्ग अवरुद्ध भएको छ ।

गएराति देखि परेको अविरल वर्षाका कारण आज बिहान हेलु माथिको जंगलबाट ठूलो पहिरो खस्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।

राजमार्गमा करिब ५० मिटर जति बाटो पहिरोको कारण पुरिएकाले सयौँको संख्यामा सवारीसाधन र यात्रुहरु अलपत्र परेका छन् ।

एम्बुलेन्स र अत्यावश्यक कामका सवारीसाधन समेत पहिरोको कारण बाटोमै रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्