२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कञ्चनपुरमा दुर्घटना : मृतक तीन जनाको सनाखत (अपडेट)


0
Shares

कञ्चनपुर, जेठ ३१ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा एउटा जेसिबीले अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–५ बनगाउँमा महेन्द्रनगरबाट भुजेला गइरहेको से१क ७३३ नम्बरको जेसिबीले गड्डाचौकीबाट महेन्द्रनगर आइरहेको म१ह ७६३ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा अटोमा सवार तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बैतडीको देहीमाडौंका २८ वर्षीय कृष्ण बोहरा, कास्कीको पोखरास्थित पृथ्वीचोकका ३५ वर्षीया बीना रिजाल र भारतीय नागरिक ५८ वर्षीय तिल प्रसाद रहेका छन् ।

दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । अटो चालक, दुई जना यात्री तथा एक जना साइकल यात्री घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका अटोरिक्सा चालक भीमदत्त नगरपालिका १० गड्डाचौकीका प्रेम थापालाई थप उपचारका लागि भारत रिफर गरिएको प्रहरीले जनाएको छ । जेसीबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।