चितुवाले बालकलाई मार्यो • Image Khabar Image Khabar


चितुवाले बालकलाई मार्यो


Imagekhabar
२२ श्रावण २०७७, बिहीबार १०:२१

चितुवाले  बालकलाई मार्यो

तनहुँ । चितुवाको आक्रमणमा परी तनहुँमा डेढ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका २ मसारका विष्णुकुमार रानाका छोरा नारायण राना रहेका छन् ।

गए राति घरमै बसिरहेका बेला चितुवाले आक्रमण गर्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पछिल्लो समय तनहुँमा चितुवा आतंक बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्