‘सरकारले साथ दिए सिनेमा रिलिज गर्न निर्माता तयार’ • Image Khabar Image Khabar


‘सरकारले साथ दिए सिनेमा रिलिज गर्न निर्माता तयार’


Imagekhabar
२० श्रावण २०७७, मंगलवार १८:५८

‘सरकारले साथ दिए सिनेमा रिलिज गर्न निर्माता तयार’

काठमाडौं, साउन २० । चलचित्र निर्माता संघले सरकारले वातावरण तयार पारे सिनेमा रिलिज गर्न तयार रहेको जनाएको छ ।

संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सुचारु गर्न सरकारले साथ दिए सिनेमा रिलिज गर्न तयार रहेको बताउनुभएको हो ।

संघले सरकारसंग सिनेमा निर्माताले कुनैपनि सिनेमा निर्माण गर्न बनाएको २० प्रतिशत ग्राण्ड रकम सरकारले उपलब्ध गराउनुपर्ने, डिजिटल माध्यमबाट सिनेमा रिलिज गर्नसक्ने गरी भुक्तानी प्रणालीको विकास गर्नुपर्ने लगायतका माग राखेको थियो ।

ग्राण्ड रकम उपलब्ध भए चलचित्र प्रवद्र्धनका लागि सहज हुने र निर्माताले सहजै चलचित्र रिलिज गर्नसक्ने वातावरण बन्ने अध्यक्ष अधिकारीको भनाई छ ।

अध्यक्ष अधिकारीले लकडाउनका कारण चलचित्र उद्योग बन्द हुँदा प्रत्यक्ष रुपमा ३० देखि ३२ हजार र अप्रत्यक्ष रुपमा १ लाख ५० हजारसम्मले रोजगारी गुमाएको जानकारी दिनुभयो ।

उहाँले चलचित्र क्षेत्रमा लगानी भएको १ अर्ब ४० करोड रुपैँया भन्दा बढी लगानी जोखिममा परेको दावी समेत गर्नुभयो ।

लकडाउन भएयता चलचित्र क्षेत्र पूर्णरुपमा बन्द छ । अध्यक्ष अधिकारीका अनुसार चैतदेखि जेठसम्म प्रर्दशनका लागि मिति लिएर बसेको २३ देखि २५ वटा सिनेमा,पोस्टप्रोडक्सनमा रहेका २० वटा सिनेमा र केहि दिनको छायांकन भएर रोकिएका १५ वटा सिनेमा रहेको तथ्याङ्क संघमा प्राप्त भएको जानकारी दिनुभयो ।

उहाँले लकडाउन खुल्नासाथ छायांकनमा जान तयार रहेका सिनेमा गरी कुल ७५ वटा सिनेमाको काम रोकिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्