८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


सेरेनालाई हराउँदै एन्जेलिक केर्बरले जितिन विम्बल्डन टेनिसको उपाधि


0
Shares

काठमाडौं, असार ३१ । जर्मन टेनिस खेलाडी एन्जेलिक केर्बरले यस वर्षको विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् ।

लण्डनमा गएराती भएको फाइनल खेलमा अमेरिकाकी सेरेना विलियम्सलाई सोझो सेटमा हराउँदै केर्बरले करियरमा तेस्रो ग्रान्ड स्लाम जितेकी हुन् ।

११ औं वरियताकी केर्बरले सन् २०१६ मा अष्ट्रेलियन ओपन र युएस ओपनको उपाधि जितेकी थिईन् ।

पहिलो पटक ग्रान्ड स्लाम टेनिसको उपाधि जित्नेक्रममा केर्बरले सेरेनालाई ६-३ र ६-३ ले पाखा लगाइन् ।

हारसँगै सेरेनाको आठौं पटक विम्बल्डन जित्ने सपना टुटेको छ ।

२३ पटककी ग्रान्ड स्लाम विजेता सेरेना सर्वाधिक २४ उपाधि जित्ने स्टेफी ग्राफको कीर्तिमानभन्दा एक उपाधि मात्रै टाढा छिन् ।

विम्बल्डन टेनिसको पुरुषतर्फ उपाधि लागि आज नोभाक जोकोभिच र केभिन एन्डर्सन भिड्नेछन् ।

सेमिफाइनलमा स्पेनका रफाईल नदाललाई ६-४, ३-६, ७-६, ३-६ र १०-८ को कठिन सेटमा हराउँदै जोकोभिच फाइनलमा पुगेका हुन् ।

उता दक्षिण अफ्रिकी खेलाडी एन्डर्सनले सेमीफाइनलमा अमेरिकाका जोन ईस्नरलाई ७-६, ६-७, ६-७, ६-४ र २६-२४ ले हराएका थिए ।

६ घण्टा ३६ मिनेटसम्म चलेको यो खेल विम्बल्डन टेनिसको इतिहासकै तेस्रो लामो खेल हो ।