१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


बेल्जियम पहिलो पटक विश्वकप फुटबलमा तेस्रो स्थानमा


0
Shares

काठमाडौं, असार ३१ । इङ्गल्याण्डलाई हराउँदै बेल्जियमले रुसमा जारी विश्वकप फुटबलमा तेस्रो स्थान लिएको छ ।

सेमिफाइनलमा पराजित दुई टोलीबीच शुक्रबार भएको खेलमा बेल्जियम २-० ले विजयी भयो । खेलको चौथो मिनेटमै बेल्जियमले अग्रता लियो ।

नासिर चाड्लीको पासमा थोमस मुनिएरले गोल गर्दै टोलीलाई अग्रता दिएका हुन् । ८२ औं मिनेटमा एडिन हाजार्डले एक गोल थप्दै बेल्जियमको जित पक्का गरे ।

केभिन डे ब्रायनको पासमा हाजार्डले उक्त गोल गरेका हुन् । जितसँगै बेल्जियम पहिलो पटक विश्वकप फुटबलमा तेस्रो भएको छ ।

सेमिफाइनलमा फ्रान्ससँग १-० ले पराजित भएपछि बेल्जियम तेस्रो स्थानमा खुम्चिएको हो ।

इङ्गल्याण्ड भने सेमिफाइनलमा क्रोएसियासँग अतिरिक्त समयमा पराजित भएको हो ।