१९ चैत्र २०७९, आइतबार | Sun Apr 2 2023


दोस्रो विश्वयुद्ध लडेका वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन


0
Shares

काठमाडौं, जेठ ३० । वरिष्ठ कलाकार भीमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ ।

गएराति काठमाडौंको मैतीदेवीस्थित निवासमा उनको निधन भएको हो । थापा लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित थिए ।

उनले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा अभिनय गरेका थिए ।

१९८३ साल असार १३ गते खोटाङमा जन्मिएका थापाले बेलायती सेनामा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।