बर्नमाउथ र वाट्फोर्ड प्रिमियर लिगबाट घटुवा, म्यान्चेस्टर युनाइटेड र चेल्सी च्याम्पियन्स लिगका लागि छनौट • Image Khabar Image Khabar


बर्नमाउथ र वाट्फोर्ड प्रिमियर लिगबाट घटुवा, म्यान्चेस्टर युनाइटेड र चेल्सी च्याम्पियन्स लिगका लागि छनौट


Imagekhabar
१२ श्रावण २०७७, सोमबार ०७:२५

बर्नमाउथ र वाट्फोर्ड प्रिमियर लिगबाट घटुवा, म्यान्चेस्टर युनाइटेड र चेल्सी च्याम्पियन्स लिगका लागि छनौट

काठमाडौं । वाट्फोर्ड र बर्नमाउथ इंग्लीश प्रिमियर डिभिजनबाट घटुवामा परेका छन् । गएराति भएको सिजनका अन्तिम खेलमा आर्सनलसँग ३–२ ले पराजित भएसँगै तालिकाको १९ औ स्थानमा रहेको वाट्फोर्ड रेलिगेशनमा परेको हो ।

गएराति एभर्टनलाई ३–१ ले हराएपनि १८ औं स्थानको बर्नमाउथ जोगिन सकेन । १७ औं स्थानको एस्टन भिल्लाले वेष्ट ह्याम युनाईटेडसँग १–१ गोलको बराबरी खेलेपछि बर्नमाउथ च्याम्पियनसिपमा झरेको हो ।

पुछारमा रहेको नरिच सिटी यसअघि नैं रेलिगेशनमा परिसकेको छ । यो सिजन प्रिमियर लिगबाट च्यानम्पियन लिभरपुल र दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँगै तेस्रो स्थानको म्यान्चेस्टर युनाईटेड र चौथो स्थानको चेल्सी पनि च्याम्पियन्स लिगमा छनौट भएका छन् ।

गएराति म्यान्चेस्टर युनाईटेडसँग २–० ले पराजित लेष्टर सिटी भने पाँचौ स्थानमा समिेटिदै युरोपा लिगमा सिमित भएको छ ।

प्रिमियर लिगअन्तर्गत गएराती खेलहरुमा लिभरपुलले न्युकासल युनाईटेडलाई ३–१ ले हराउँदा म्यान सिटीले नरिच सिटीमाथि ५–० को जित निकाल्यो ।

चेल्सीले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–० ले पराजित गर्दा टोटनह्याम हट्सपरले क्रिष्टल प्यालेसँग १–१ गोलको बराबरी खेल्यो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्