जब वालुवाटारको ब्यस्त सडकमा अष्ट्रिज नाच्यो... • Image Khabar Image Khabar


जब वालुवाटारको ब्यस्त सडकमा अष्ट्रिज नाच्यो…


Imagekhabar
६ श्रावण २०७७, मंगलवार १२:३४

जब वालुवाटारको ब्यस्त सडकमा अष्ट्रिज नाच्यो...

काठमाडौं । काठमाडौं वालुवाटारको ब्यस्त सडक मंगलबार बिहान एकाएक जाम भयो ।

न्यून सवारी साधन चल्दा पनि सडक जाम हुनु अनौठो मानिरहेका यात्रुले जब मध्य सडकमा अष्ट्रिज उफ्रिरहेको देखे अनि हाँसो थाप्नै सकेनन् ।

निरन्तरण झरी परिरहेका बेला बिहान ११ बजेतिर सडकमा अस्ट्रिच अतालिएर कुदिरहेको थियो । तर्सिरहेको थियो ।

जोडी वा समूहमा रहने अस्ट्रिचहरु एक्लै हुँदा असुरक्षित महसुस गर्ने गर्छन । त्यही भएर एक्लो अष्ट्रिज सडकमै अलमलिएको थियो । नाचे जस्तो गरिरहेको अष्ट्रिज हेर्न मानिसहरु झुम्मिएका देखिन्थे ।

अनि यात्रु तथा बटुवाहरु चाहिं फोटो–भिडियो खिच्दै हाँस्न ब्यस्त देखिए । सडकमै यता उता गरिरहेको अस्ट्रिचले गाडीहरु रोकिएका थिए ।

गाडीको हर्नका कारण अस्ट्रिचले कता जाने मेलोमेसो नपाएर सडकमा दौडिरहेको देखिन्थ्यो । अष्ट्रिज हेर्नकै लागि सवारी साधन रोकिएका कारण त्यहाँ ट्राफिक जाम भएको थियो ।

स्थानीयका अनुसार नजिकै रहेको एक रेस्टुरेन्टले पालेको अस्ट्रिच बाहिर निस्किएको हो ।

बालुवाटारस्थित टाइम स्क्वार रेष्टुरेन्टको १२ महिनाको यो अष्ट्रिजलाई कर्मचारीले केही समयमा नियन्त्रणमा लिएका थिए ।

पछिल्लो समय नेपालमा मासुका लागि अस्ट्रिचको व्यावसायिक पालन नै भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्