Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


गुन्युचोली अभियानद्वारा दिवंगत राजपरिवारप्रति श्रद्धाञ्जली


0
Shares

काठमाडौं, जेठ १९। गुन्युचोली तथा सांस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानले दिवंगत राजपरिवारको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेर दीप प्रज्वलन गरेको छ ।

तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका सदस्यको २०५८ जेठ १९ गते विभत्स हत्या भएको थियो । अभियानद्वारा नारायणहिटी दरबार अगाडि आयोजित कार्यक्रममा दिवंगत राजपरिवारको स्मरण गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

गुन्युचोली तथा सांस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानका अध्यक्ष लक्ष्मी भद्रा ओझाको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली एवं दीप प्रज्वलन कार्यक्रममा स्वर्गीय राजपरिवारलाई सयौं नागरिकको सहभागिता थियो ।

गुन्युचोली तथा सांस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानका अभियन्ताहरु लक्ष्मी भद्रा ओझा, स्मृति पाण्डे, शान्ति जोशी, मोहना क्षेत्री, निलिमा श्रेष्ठ, विजेता श्रेष्ठ, रश्मी श्रेष्ठ, पवित्रा थापा, आशा श्रेष्ठ, रेणु कार्की, गीता थापा, विमला कार्की, प्रमिला जोशी लगायतले स्व. राजा वीरेन्द्रले सुरु गरेका विकास क्षेत्रको अवधारणा, शान्ति क्षेत्रको प्रस्ताव लगायतका कार्यहरु आम नेपाली जनताले कहिल्यै भुल्न नसक्ने बताए ।