१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


दक्षिण एसियाली तथा आमन्त्रण तेक्वान्दो काठमाडौंमा सुरु


0
Shares

काठमाडौं, असार २९ । दक्षिण एसियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन र तुर्कमेनिस्तानका खेलाडी सहभागी छन् ।

प्रतियोगितामा जुनियर र सिनियरका उमेर समूह, तौल समूहमा स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन, टिम प्याट्रन तथा सेल्फ डिफेन्समा प्रतिस्पर्धा हुनेछ ।

तीनदिने प्रतियोगितामा १५० स्वर्ण, १५० रजत र ३०० कास्यपदकका लागि प्रतिस्पर्धा हुनेछ ।