Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


स्थायी राष्ट्रसेवकबाट उचित नतिजा आएन : मन्त्री पण्डित, करारमा जोड


0
Shares

काठमाडौं, जेठ १४ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थायी राष्ट्रसेवकबाट उचित नतिजा नआएको भन्दै परिणाममुखी सेवाका लागि आवश्यक कदम चाल्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा संघीय निजामती सेवाको गठन, सन्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफलकाक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पण्डितले सरकार परिणाममुखी सेवाका लागि चिन्तित रहेको बताए ।

बैठकमा सांसद जनार्दन शर्माले मुख्यसचिवलाई पनि करारमा नियुक्त गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

यस्तै, सांसदहरु पम्फा भुसाल, झपट रावल, नवराज सिलवाललगायतले क्षमता भएका नागरिकलाई निश्चित अवधिका लागि करारमा राख्ने व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए ।