
-प्रकाश लिम्बु/ईमेज
तेह्रथुम । पछिल्ला वर्षहरुमा नेपालमा बोलीने केही भाषा लोप हुने अवस्थामा पुगेका छन् ।
विदेशी भाषाको दबदबा र मातृभाषाप्रतिको उपेक्षाका कारण कतिपय भाषा लोप हुने अवस्थामा पुगेका हुन् ।
आफ्नो भाषा नै लोप हुने अवस्था आउन थालेपछि तेह्रथुमका लिम्बु समुदाय मातृभाषा तथा लिपी संरक्षणको अभियानमा लागेका छन् ।
मातृभाषाको अस्तित्व बचाउनुपर्ने भन्दै तेह्रथुमका लिम्बु समुदायहरु आफ्नो मातृभाषा तथा लिपी सिक्न थालेका छन् ।
घरमा बोलिने भाषा पहिलो भाषा भए पनि अन्य भाषाको प्रभावले ओझेलिन पुगेको श्रीजंगा लिपीको संरक्षण गर्नको लािग लिम्बुहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङले प्रयास गरेको छ ।
सोही संस्थाले केही दिनअघि कार्यक्रम आयोजना गरी किरात श्रीजंगा लिपीको स्वर वर्ण, व्यञ्जन वर्ण, ब्याकरण, शब्दार्थ, गणितिय संख्या लगायतका बिषयवस्तुमा प्रशिक्षण दिएको थियो ।
स्थानीय सरकार सञ्चालन ऐनमा मातृभाषाबाट शिक्षा लिन पाउने अधिकार उल्लेख भए पनि त्यसको व्यावहारिक कार्यान्वयन भने हुन सकेको छैन ।
आफ्नो अस्तित्व र जातीय पहिचान झल्किने आफ्नै श्रीजंगा लिपी सिक्न पाउँदा सहभागीहरु उत्साहित देखिन्थे ।
लिम्बु जातीको बाहुल्यता रहेकोे तेह्रथुममा लिम्बुको मात्र ४२ प्रतिशत जनसंख्या छ ।
किरात सभ्यताअन्र्तगत आफ्नै भाषा, लिपी, सस्कार ,संस्कृति रहेको लिम्बु जाती पूर्वको तेह्रथुम लगायत पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा र ईलाममा सघन बसोबास गर्दै आएका छन् ।
मौलिक भाषा, संस्कार र संस्कृतिलाई मास्नु भनेको आफ्नै पहिचानमाथि प्रहार गर्नु पनि हो ।
कतिपय विकृति र कुसंस्कृतिलाई सुसंस्कृत र अझ उन्नत बनाउँदै आफ्ना मौलिक सभ्यतालाई बचाउन सबैजना सचेत बन्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्