Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


‘सरकार वैज्ञानिकहरुप्रति उदासीन’


0
Shares

काठमाडौं, जेठ ९ । विद्यार्थी संगठनहरुले सरकार देशका अनुसन्धानकर्ता, बुद्धिजीवी र वैज्ञानिकहरुप्रति उदासीन रहेको गुनासो गरेका छन् ।

यही जेठ ११ गते ‘नेपालमा आविष्कारको संस्थागत बहस’ विषयक अन्तरक्रिया गर्न लागेको विषयमा जानकारी दिन बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले अहिलेसम्म सरकारहरु ज्ञान–विज्ञान तथा आविष्कारतर्फ उदासीन रहेकाले कार्यक्रम आयोजना गर्न लागेको बताए ।

अन्तरक्रिया कार्यक्रममा देशका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुलाई सहभागी बनाउने र आविष्कारको क्षेत्रमा के–कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा छलफल गराउने पनि विद्यार्थी संगठनहरुले जनाएका छन् ।