४ आश्विन २०८०, बिहिबार | Thu Sep 21 2023


विश्वकप खेल्न ३२ टोली रुस पुग्दै, मंगलबार रुस उत्रियो इङ्गल्याण्ड टिम


0
Shares

काठमाडौं, जेठ ३० । विश्वकप फुटबल सुरु हुन अब एक दिन मात्रै बाँकी छ । रुसमा भोली(बिहीबार) साँझ सुरु हुने विश्वकपका लागि सहभागि सबै ३२ टोली अहिले रुसका विभिन्न शहर पुग्दैछन् ।

राजधानी मस्कोमा भव्य उद्घाटन समारोह पछि भोलि आयोजक रुस र एसियाली मुलुक साउदी अरबीयाबीच पहिलो खेल हुनेछ ।

त्यसपछि विभिन्न १० शहरमा एक महिनासम्म चल्ने विश्वकप फुटबलमा कुल ६४ खेल हुनेछन् ।

यसैबीच विश्वकप फुटबलका लागि इङ्लिस टोली हिजो(मंगलबार) रुस पुगेको छ । रुसको सेन्ट पिटर्सवर्ग विमानस्थलमा ओर्लिएको इङ्लिस टोली नजिकैको रेपिनो गाँउमा बस्नेछ ।

इङ्ल्यान्डले समुह चरणका खेलहरु कालिनिन्ग्रादमा खेल्नेछ । इङ्ल्यान्डको पहिलो खेल आगामी सोमवार ट्युनिसिया विरुद्ध हुनेछ ।

यसैगरी इङ्ल्यान्डले समूह चरणमा पानामा र बेल्जियमसँग पनि खेल्नेछ ।

विश्वकप अघि खेलेका मैत्रिपूर्ण अभ्यास खेलहरुमा इङ्ल्यान्डले कोष्टा रिका र नाईजेरियालाई पराजित गरेको थियो ।