२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अन्तर्राष्ट्रिय ओलम्पिक दिवसमा रुद्राक्ष रोपियो


0
Shares

काठमाडौं, असार ९ । जुन २३ तारिखको अवसर पारेर विश्वभर अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाइएको छ ।

सो अवसरमा नेपाल ओलम्पिक कमिटी एनओसीले पनि औपचारिकता पूरा गर्दै यो दिवस मनाएको छ ।

विगतका दिनहरुमा लामो समयसम्म प्रतिस्पर्धात्मक कार्यक्रमहरु गरेर मनाउने गरेको एनओसीले कोरोना भाइरसको महामारीका कारण यसपटक सातदोबाटोस्थित एनओसी भवनमा एक कार्यक्रम गरी ओलम्पिक दिवस मनाएको हो ।

सो अवसरमा नेपाल र ओलम्पिकको झण्डा झण्डोत्तोलन गरिएको थियो ।

सामाजिक दूरी कायम गर्दै एनओसीका बोर्ड सदस्यहरुमात्र सहभागी रहेको सो कार्यक्रममा एनओसी अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले ओलम्पिक हाताभित्र रुद्राक्षको बिरुवा रोप्नुभएको थियो ।

सो कार्यक्रमपछि एनओसीले राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल, विभिन्न संघका पदाधिकारी, खेलाडी तथा संचारकर्मीहरुसँग जुममार्फत अन्तत्र्रिmया गरिएको ओलम्पिक महासचिव निलेन्द्रराज श्रेष्ठले बताउनुभयो ।