काठमाडौं, जेठ ८ । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति भएको सामूहिक हत्याकान्डको सत्यतथ्य छिट्टै सार्वजनिक गरिने बताएका छन् ।
राष्ट्रियसभाको बुधबार बसेको बैठकमा हत्याबारे जानकारी दिँदै उनले पारिवारिक कलहले घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए ।
गृहमन्त्री थापाले घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र प्रदेश नम्बर–१ प्रहरी कार्यालयबाट एसएसपी नेतृत्वको टोली घटनास्थलमा पुगेर छानबिन गरिरहेको जानकारी दिए ।
गएको सोमबार रातिको उक्त सामूहिक हत्या प्रकरणमा दुई परिवारका ९ जनाको विभत्स हत्या गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्