विवेक भण्डारी (इमेज)
नवलपुर, जेठ ८ । मंगलबार साँझ आएको हावाहुरीले नवलपरासीको देवचुली नगरपालिकाका २०० घरमा क्षति पुगेको छ ।
हावाहुरीले नगरपालिकाको ६, ७, ८, ९, ११ र १४ नम्बर वडामा क्षति पुर्याएको हो ।
नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले दिएको जानकारीअनुसार हुरीले ६ ओटा वडाका २०० घरमा क्षति पुर्याएको हो ।
साँझ ६ बजेबाट चल्न सुरु गरेको हावाले करिब ८० ओटा घरका छाना उडाएको र अरु घरमासमेत क्षति पुगेको स्थानीयले बताएका छन् । मानवीय क्षति भने नभएको जनाइएको छ ।
हावाहुरीप्रभावितको अवस्था बुझ्न मेयरसहितका जनप्रतिनिधि बुधबार प्रभावित क्षेत्रमा पुगेका छन् ।


















प्रतिक्रिया दिनुहोस्