Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


प्रहरी समायोजन विधेयकले प्रदेशलाई अधिकार प्रत्यायोजन गरेको छ : गृहमन्त्री


0
Shares

काठमाडौं, जेठ ८ । प्रतिनिधिसभाको बैठकले ‘प्रहरी समायोजन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले बुधबारको बैठकमा सो विधेयक प्रस्तुत् गरेका थिए ।

विधेयमाथिको सैद्धान्तिक पक्षको छलफलमा दिलेन्द्रप्रसाद बडू, जनार्दन शर्मा, प्रेस सुवाल, मीना पाण्डे र देवेन्द्रराज कँडेलले भाग लिएका थिए ।

छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले मुलुक संघीय व्यवस्थामा प्रवेश गरिसकेकाले शान्ति–सुरक्षाको जिम्मेवारी लिएको प्रहरीलाई थप व्यवस्थित गर्ने ढंगले विधेयक ल्याइएको भन्दै यसले प्रदेशको अधिकारलाई हस्तक्षेप नगर्ने प्रस्ट पारे ।

उनले भने–‘विधेयकले प्रदेशलाई अधिकार प्रत्यायोजन गरेको छ, केन्द्रको नियन्त्रण र निर्देशन चल्नेछैन । प्रहरीको सरुवा–बढुवालगायतको काम प्रदेश सरकारले नै गर्नेगरी विधेयकमा व्यवस्था गरिएको छ ।’ रासस