पौडेलले यसरी गरे देउवालाई पद हस्तान्तरण, देउवा–पौडेलले के भने ? (भिडियोसहित) • Image Khabar Image Khabar


पौडेलले यसरी गरे देउवालाई पद हस्तान्तरण, देउवा–पौडेलले के भने ? (भिडियोसहित)


Imagekhabar
३ चैत्र २०७२, बुधबार १२:५६

पौडेलले यसरी गरे देउवालाई पद हस्तान्तरण, देउवा–पौडेलले के भने ? (भिडियोसहित)

काठमाडौं, चैत ३ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवासहितका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले बुधबार पदभार ग्रहण गरेका छन् ।

पार्टी निर्वाचन समितिले सबै निर्वाचित पदाधिकारीहरुलाई बुधबार एक कार्यक्रम गरी प्रमाणपत्र वितरण गरेको हो ।

निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपछि निवर्तमान कार्यबहाक सभापति रामचन्द्र पौडेलले नवनिर्वाचित सभापति देउवालाई कार्यकक्षसम्म पुर्‍याएर पद हस्तान्तरण गरेका थिए ।

प्रमाणपत्र ग्रहण गरेपछि सभापति देउवाले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने प्रतिबद्धता जनाए ।

उनले मधेसलगायतका क्षेत्रमा देखिएको समस्याको समाधान कांग्रेसको नेतृत्वमा हुने भन्दै अब बोलीभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।

नेता रामचन्द्र पौडेलले नवनिर्वाचित सभापतिलाई सहयोग र सहकार्य गर्न आफू तयार रहेको बताए ।

उनले पार्टीमा भएको लोकतान्त्रिक अभ्यासलाई आफूले स्वभाविकरुपमा लिएको पनि बताए । निष्ठा र आदर्शको राजनीतिबाट आफू कहिल्यै पछि नहट्ने पौडेलको भनाइ थियो ।

कार्यक्रममा महामन्त्री डा. शशांक कोइरालाले मुलुकमा देखिएको चुनौतीको सामाना गर्न पार्टीमा एकता आवश्यक हुने बताए ।

नेपाली कांग्रेसको फागुन २० देखि २५ सम्म काठमाडौंमा भएको १३औं महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्