गोरखामा संगीत महोत्सव हुने • Image Khabar Image Khabar


गोरखामा संगीत महोत्सव हुने


Imagekhabar
२३ चैत्र २०७२, मंगलवार १३:१७

गोरखामा संगीत महोत्सव हुने

गोरखा, चैत २३ । गोरखामा आगामी वैशाख ४ गते संगीत महोत्सव हुने भएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा गोरखा जेसिसको समन्वयमा महोत्सव गर्न लागिएको जानकारी मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइयो ।

सो अवसरमा संगीत नाट्य प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले नयाँ प्रतिभाको खोजी र स्थानीय संस्कृतिको जगेर्नाका लागि महोत्सव गर्न लागिएको बताए ।

महोत्सवबाट गोरखाका भूकम्पपीडितले केही क्षणका लागि भएपनि पीडा भुल्ने अवसर पाउने उनले बताए ।

महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्