राष्ट्रिय दोहोरीगीत रनिङ शिल्ड प्रतियोगिता सुरु • Image Khabar Image Khabar


राष्ट्रिय दोहोरीगीत रनिङ शिल्ड प्रतियोगिता सुरु


Imagekhabar
२४ चैत्र २०७२, बुधबार १३:४०

राष्ट्रिय दोहोरीगीत रनिङ शिल्ड प्रतियोगिता सुरु

काठमाडौं, चैत २४ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको आयोजनामा बुधबारदेखि काठमाडौंको भृकुटीमन्डपमा दोस्रो अन्तर दोहोरीसाँझस्तरीय राष्ट्रिय दोहोरीगीत रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको सूचना तथा सन्चारमन्त्री शेरधन राइले उद्घाटन गरे ।

चैत २८ गतेसम्म सन्चालन हुने प्रतियोगितामा देशभरका दोहोरीसाँझहरुबाट गायक, गायिका र वाद्यवादकहरु सहभागी छन् ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले गत वर्षदेखि दोहोरीसाँझस्तरीय राष्ट्रिय दोहोरीगीत रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्