
काठमाडौं, जेठ ३० । खाने दूधमा कपडा धुने सोडा र साबुनमा प्रयोग हुने रसायनसमेत मिसाइने गरेको पाइएको छ ।
गर्मीयाममा दूध फाट्नबाट जोगाउन दूध संकलन गर्ने सहकारीका व्यवस्थापक र ठेकेदारले यस्ता हानिकारक वस्तु मिसाउने गरेको पाइएको हो ।
दूधमा स्वास्थ्यलाई हानि पुर्याउने अखाद्य वस्तु मिसावट हुने गरेको गुनासो आएपछि सोमबार राजधानीका ४ डेरीमा छापा मारिएको थियो ।
एक प्राविधिकका अनुसार काठमाडौं भित्रिने दूधमा कास्टिक सोडाबाहेक चिनी, नुन तथा युरिया पनि मिसावट भएको देखिन्छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्